You are viewing the translated version of सामाजिक सुरक्षा भत्ता पाउने.

Section 3
सामाजिक सुरक्षा भत्ता पाउने
(१) देहाय बमोजिमका नेपाली नागरिकलाई सामाजिक सुरक्षा भत्ता पाउने अधिकार हुनेछः-

(क) जेष्ठ नागरिक,

(ख) आर्थिक रूपले विपन्न,

(ग) अशक्त र असहाय अवस्थामा रहेका व्यक्ति,

(घ) असहाय एकल महिला,

(ङ) अपाङ्गता भएका,

(च) बालबालिका,

(छ) आफ्नो हेरचाह आफैं गर्न नसक्ने,

(ज) लोपोन्मुख जाति।

(२) उपदफा (१) बमोजिम वितरण गरिने भत्ताहरू सामाजिक सुरक्षा भत्ताका नाममा वितरण गरिनेछ।

(३) यसं-दफा बमोजिम सामाजिक सुरक्षा भत्ता वितरण गर्ने प्रयोजनको लागि नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी सो सूचनामा तोकेको क्षेत्रमा तोकिदिएको मितिदेखि लागु हुने गरी राष्ट्रिय परिचय नम्बर अनिवार्य गर्न सक्नेछ।